• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पुरुषलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा महिला पक्राउ


  • धनकुटा खबर
  • .

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा आरुघाट गाँउपालिका वडा नं ६ आरुआरबाङ कल्लेरीकी ४५ वर्षीया मंगली विक रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार विकले सोही ठाउँका ४५ वर्षका जिरबहादुर गुरुङलाई विभिन्न तरहले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारेकी थिइन् ।

विकले नै आत्महत्या गर्न बाध्य बनाएको भन्दै गुरुङका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

गुरुङ गत बिहीबार अर्थात् पुस १२ गते कल्लेरीस्थित खनायो रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।विकविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिन हुने कसूरमा मुद्वा दर्ता गरी सोमबार गोरखा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖