• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रुसी सेनामा रहेका अर्का एक नेपालीको मृत्यु


  • धनकुटा खबर
  • .

रुसी सेनामा भर्ती भएका अर्का एक नेपाली युवकको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ घर भएका हरि अर्यालको मृत्यु भएको उक्त वडाका वडाध्यक्ष राजु कुँवरले पुष्टि गरे ।

मृत्युको खबर परराष्ट्र मन्त्रालयमार्फत मंगलवार प्राप्त भएको वडाध्यक्ष कुँवरले जनाएका छन् ।

नेपाली सेनाको जागिर छाडेका अर्याल करिब २ महिनाअघि दुबई हुँदै रुस पुगेका थिए ।पछिल्लो समय दलालमार्फत रुस पुगेर त्यहाँको सेनामा भर्ती हुने क्रम बढेको छ ।हालसम्म ८ जनाको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖