• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सम्पर्कविहीन अहेब सेती नदीमा मृत भेटिए


  • धनकुटा खबर
  • .

बझाङस्थित सेती नदीमा एक जनाको शव फेला परेको छ। जिल्लाको केदारस्युँ गाउँपालिका–१ गर्जेपानीस्थित सेती नदीमा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव केदारस्युँ गाउँपालिका–१ रायलका ४३ वर्षीय महेन्द्र मल्लको रहेको खुलेको छ।

मल्ल सोमबार रातिदेखि सम्पर्कविहीन भएपछि प्रहरीलाई खबर गरिएको थियो। उनी केदारस्युँ गाउँपालिका-९, झोता स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत थिए। मंगलबार बेलुका सेतीमा माछा मार्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सेती किनारमा मल्लको शव घोप्टो अवस्थामा थियो।

मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोस्टमार्टमका लागि शव देउरा स्वास्थ्य चौकीमा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖