• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री प्रचण्ड मन्त्री ज्वालालाई हटाउने तयारीमा


  • धनकुटा खबर
  • .

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता पठाउने तयारीमा छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार टेलिफोनमार्फत मन्त्री ज्वालालाई फिर्ता बोलाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग आग्रह गरेका हुन् । गत शुक्रबार ललितपुरको बालकुमारीमा घटेको घटनामा मन्त्री ज्वाला जिम्मेवार देखिएका छन् ।

प्रदर्शन भइरहेको छ भन्ने थाहा हुँदाहुदैँ सुरक्षा संवेदनशीतलालाई ख्याल नगरी मन्त्री ज्वालाले त्यो बाटो प्रयोग गर्दा घटना भएको भनी सुरक्षा निकायका प्रमख र सांसदहरुले नै दाबी गरिरहेका बेला प्रधान्त्री प्रचण्डले उनलाई हटाउने तयारी गरेका हुन् ।

रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने माग राखेर ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय क्षेत्रआसपास शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो। मन्त्री ज्वाला झन्डावाला गाडीसहित बालकुमारी हुँदै कोटेश्वर जाने क्रममा प्रदर्शनकारीले उनको गाडीमा आगो लगाइदिएपछि प्रहरीले गोली चलाएको थियो।

मन्त्रीलाई जोगाउन सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएका थिए। मन्त्री ज्वालाको यो कमजोरीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । उनको कमजोरीको नेकपा एसभित्र पनि असन्तुष्टि बढेको छ। यति गम्भीर घटनामा नैतिक जिम्मेवारी लिनुको साटो मन्त्री ज्वाला भने आफ्नो कुनै दोष नभएको भन्दै पन्छिन खोजिरहेका छन् । मन्त्री ज्वालाले राजीनामा दिनुपर्छ भन्दै चौतर्फी दबाब सृजना भएपछि प्रधानमन्त्री प्रचण्डले उनलाई हटाउने तयारी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖