• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

जव हर्क साम्पाङलाई एयरपोर्टमा सोधिन्छ – ‘सर भिआइपी लाउन्जबाट जाने हो कि?’


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस १८ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू भिआइपी नभएर जनताको सेवक भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आज विहान एक स्ट्याटस राख्दै मेयर साम्पाङले जनप्रतिनिधिको रुपमा आफु जनताको सेवक भएकाले हवाई यात्रा गर्दा विमानस्थलमा भिआइपी लाउन्जको प्रयोग नगर्ने गरेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘AirPort मा मलाई सोधिन्छ: ” सर VIP launge बाट जाने हो कि ?” म भन्ने गर्छु: ” म VIP होइन हजुर ! म त P मात्रै हुँ !” अनि लाइनमा सर्बसाधरण सङ्गैमा उभिने गर्छु ! मलाई थाहा छैन जुन जनताको घरदैलोमा पुगी नमस्कार गरेर भोट माग्ने म जाबो सानो सेवक, जनताको आदेश पालक पाले कुन अर्थमा आज म जनता भन्दा ठुलो भएँ र ? नहुने ढर्‍आले बिग्रेको यो देशलाई सही शैली र मार्गमा ल्याउनै पर्छ ! करोडौँ, अर्बौँ रुपैयाँ फलुज खर्च गर्नु हुन्न ! शोसकी र सामन्ती चलनको यस्ता नयाँ स्वरुपलाई चिनेर अन्त्य गर्नै पर्छ ! जय देश !’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖