• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

उच्च अदालतमा ४० जना न्यायाधीश नियुक्तिको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ पुस । उच्च अदालतमा रिक्त रकेका ४० जना न्यायाधीश नियुक्तिको तयारी थालिएको छ । न्याय परिषद्ले रिक्त पदमा न्यायाधीश नियुक्तिबारे छलफल र सम्भावित उम्मेदवारको तयारी गरिरहेको हो ।

न्यायाधीश नियुक्तिको सिषयलाई लिएर हिजो (मंगलबार) न्याय परिषद्को बैठक बसेर लामो छलफल भएको छ । बाँकी छलफल र निर्णयका लागि आज पनि बैठक बस्ने तयारी रहेको छ ।

हिजोको बैठकमा सबैभन्दा बढि जिल्ला न्यायाधीशबाट उच्च अदालतमा न्यायाधीश नियुक्ति गरिने समझदारी बनेको बताइएको छ । साथै, कानुन व्यवसायी र न्याय सेवाका कर्मचारीबाट पनि न्यायाधीश नियुक्ति गरिनेछ । प्रदेशगत प्रतिनिधित्वको सुनिश्चिततासहित कानुन व्यवसायीबाट न्यायाधीश नियुक्ति हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖