• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भिजिट भिसा प्रकरणमा धरपकड गरेको भन्दै विमानस्थल अध्यागमनमा ‘हडताल’ !


  • धनकुटा खबर
  • .

काठमाडौँ । भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै विमानस्थलका कर्मचारी हडतालमा उत्रिएका छन् ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार ३:३० बजेदेखि हडताल सुरु गरेका हुन् ।

विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले स्वतन्त्र रूपमा कामकाज गर्न पाउनुपर्ने माग गरेका छन् । यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अन्य कर्मचारीमाथि पनि पक्राउ पुर्जी आएपछि कर्मचारीहरू आन्दोलित भएका हुन् ।

अहिले आधा कर्मचारीले मात्रै काम गरिरहेका छन् र काम पनि एकदमै ढिलो गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖