• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रपति पौडेल आज रुपन्देही र तनहुँ जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस २०। राष्ट्रपति रामचन्द्र पौडेल आज बुटवल र तनहुँका कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदैछन् ।

राष्ट्रपति पौडेलले आज गृहजिल्ला तनहुँको भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ ।

उक्त समारोह पछि उनी दिउँसो १ बजे रुपन्देही जितगढी किल्लाको अवलोकन गर्नेछन् । जितगढी किल्ला नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल उक्त हस्तान्तरण कार्यक्रममा सहभागी भएर बेलुका काठमाडौं फर्किनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖