• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन आज


  • धनकुटा खबर
  • .

काठमाडौंं, पुस २० । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदैछ। निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ ।

मतदाता नामावली प्रकाशित भएपछि आजैदेखि मतदाताको नामवलीउपर दाबी विरोध गर्न सकिने छ । निर्वाचन आयोगले पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने निर्वाचन कार्यतालिका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖