• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पशुपति दर्शन गरेर आज दिल्ली फर्किदै भारतीय विदेशमन्त्री जयशंकर


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस २० । विहिबार नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकर आज पनि विभिन्न कार्यक्रममा व्यस्त रहने भएका छन्। डा.जयशंकरले अहिले बिहान ८ बजे पशुपति दर्शन गर्ने कार्यक्रम रेको छ भने ९ बजे पुस्तकालय र अन्य भौतिक निर्माणको उद्घाटन समारोहमा सहभागी हुनेछन्।

विदेश मन्त्री जयशंकरले उच्च राजनीतिक भेटघाट बिहीवारै गरिसकेका छन्। नेपाल–भारत परराष्ट्र मन्त्रिस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन बिहीवार बिहान १० बजे भारतीय वायु सेनाको विशेष विमानबाट काठमाडौं आएका उनी आज मध्यान्ह १२ बजे दिल्ली फर्किने छन्।

बिहीवारै उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा।सिके राउत, नेपाल क्रिकेट संघका पदाधिकारी लगायतसँग भेटघाट गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖