• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग गठबन्धन हुँदैन्: सभापति देउवा


  • धनकुटा खबर
  • .

काठमाडौं,२० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि समेट्न लागेको प्रचारबारे सत्यता नभएको दाबी गरेका छन् ।

पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले एमालेसँग कुनैपनि गठबन्धन नहुने प्रष्ट पारेका हुन् ।‘एमालेलाई टीआरसी विधेयकमा सहमत गराउन यसअघि पनि संसदीय समितिदेखि सर्वोच्च अदालतको न्यायाधीशमासमेत भाग दिएका हौं । संसदीय समितिको सभापति लिनुअघि टीआरसीमा सहमति जनाउने प्रतिबद्धता थियो तर, समितिमा सभापति पाएपछि ओलीजीले कुरा फेर्नुभयो । अब उदारो सम्झौता हुँदैन’ देउवाले भने ।

राष्ट्रिय सभाका १९ सिटको लागि हुन लागेको निर्वाचनमा अल्पमतमा परेको एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो पार्टीलाई माइनस नगर्नु भन्दै अनुरोध गरेपछि सत्तारुढ दुई दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले एमालेलाई पनि केहि सिट दिन सकिनेबारेमा छलफल गरेका थिए ।

एमालेले प्रचण्ड र देउवासँगैको भेटमा राष्ट्रिय सभामा ६ सिट दिन माग गरेको छ । गठबन्धनले भने टीआरसीमा एमाले सहमत हुनुपर्ने अडान राखेको छ । तर, एमाले अहिलेकै अवस्थामा टीआरसी विधेयक पास गर्न नसकिने निष्कर्षमा पुगेपछि राष्ट्रिय सभामा एमाले नसमेटिने पक्का भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖