• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पुर्व प्रधानमन्त्रीहरु पङ्तिवद्ध भएर बिदेशी मन्त्रीलाई भेट्न जानु कहाँको कुटनीतिक मर्यादा ? : कमल थापा


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पुर्व प्रधानमन्त्रीहरुले कुटनीतिक मर्यादा विराएको बताएका छन् । पार्टी प्रशिक्षण कार्यक्रमका क्रममा सुर्खेतेको वीरेन्द्रनगरमा रहेका थापाले समाजिक सञ्जाल फेसबुकमा लेख्दै पुर्वप्रधानमन्त्रीहरु पङ्तिवद्ध भएर भारतीय बिदेशी मन्त्रीलाई भेट्न उनी बसेको होटलमा जानु उपयुक्त नभएको बताएका हुन् ।

उनले लेखेका छन्, पुर्व प्रधानमन्त्रीहरु पङ्तिवद्ध भएर बिदेशी मन्त्रीलाई भेट्न उनी बसेको होटलमा जानु उपयुक्त भएन। कुटनीतिक मर्यादा होईन। यो आत्मसमर्पणवादी मानसिकता हो,गलत परम्परा हो।’

अध्यक्ष थापाले भारतले नेपालका योजनाहरुमा राजदुतावासमार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुनेसमेत बताएका छन्। विगतमा ५ करोडसम्मका आयोजनाहरुमा सिधा खर्च गर्दै आएको भारतिय दुतावासले अहिले २० करोड सिधा खर्च गर्नुले नेपालमा समानन्तर सरकार चलाएजस्तो भएको भन्दै उनले विरोधसमेत गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖