एजेन्सी । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो चीन यात्रामा निस्कने भएपछि सबै खेलका टिकट बिक्री भएका छन् । चीनका मिडियाले रोनाल्डोको आगमन हुने भएसँगै दुबै खेलको टिकट सोल्डआउट भएको जनाएका हो ।
रोनाल्डोसम्मिलित साउदी प्रो क्लब नल नासर जनवरी तेस्रो साता चीन भ्रमणमा निस्कदै छ । नल नासरले जनवरी २४ मा सांघाई शेन्हुआसँग खेल्नेछ । जनवरी २८ मा झेजिङ एफसीसँग खेल्ने तालिका छ ।
दुबै खेलको लागि बुधबार राति टिकट बिक्री खुल्ला भएको थियो । अन्लाइन टिकट बिक्री खुल्ला भएको केही घण्टामै सोल्डआउट भएका हुन् ।
रोनाल्डोको समर्थक चीनमा अत्याधिक रहेका छन् । रोनाल्डोको खेल हुँदा हरेक पटक चीनमा फुटबल माहोल तात्ने गरेका छन् ।
पछिल्लो पटक अर्जेन्टिनी स्टार लियोनल मेसी चीन आउँदा समेत यस्तै भएको थियो । अर्जेन्टिनाले त्यति बेला अस्ट्रेलियालाई २–० ले हराएको थियो ।
