• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

त्रिवि उपकूलपतिको दौडबाट बाबुराम आउट !


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको चर्चा चलेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले समेत उनलाई त्रिविश्वविद्यालयको नेतृत्व दिन पाए राम्रो हुनेथियो भन्ने मनसाय राखेका थिए । त्यही आधारमा उनको चर्चा निकै चुलिएको थियो ।

तर, उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको सूचनाका आधारमा उनी आउट भएका छन् । उपकूलपतिका लागि विश्वविद्यालयको पदाधिकारी भएर तीन वर्ष काम गरेको हुनुपर्ने छ । बाबुरामले कुनै पनि विश्वविद्यालयका पदाधिकारी नभएकाले उनी यो दौडबाट बाहिरिन पुगेका हुन् ।

उपकुलपतिका तोकिएको मापदण्डमा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिन समेत) हुनुपर्नेछ । यससँगै अब त्रिविको उपकुलपति नेपालका कुनै पनि विश्वविद्यालयका पदाधिकारीहरूबाट नै हुनेछन् ।

शिक्षाविद् डा. विष्णु कार्कीले त्रिविको नेतृत्व विश्वविद्यालयका पदाधिकारीबाहेक अन्यलाई हुनबाट रोक लगाएको बताए ।

‘एउटा गाँठो फुकाउने काम गरे । तर, यसको रुट हो नी त्यो जरो उखेल्ने काम कसैले गरेनन् । जरो भनेको त कुलपति र सहकुलपति प्रधानमन्त्री र शिक्षामन्त्री हुनु जरुरी छ र भन्या ? जबसम्म कुलपति र सहकुलपति प्रधानमन्त्री र शिक्षामन्त्री हुनबाट रोकिदैन। तबसम्म विश्वविद्यालय राजनीतिबाट टाढा जादैन’ उनले भने ।

यो मापदण्डले विश्वविद्यालयका पदाधिकारीबाहेक अन्यलाई आवेदन दिन पाउनबाट वञ्चित गराएको बताए । ‘भिसी हुनको लागि पदाधिकारी नै हुनुपर्छ । विश्वविद्यालयका पदाधिकारीहरू कुनै न कुनै राजनीतिक दलका नेता कार्यकर्ता नै हुन् । उनीहरूलाई मात्र दिन पाउने भनेपछि विश्वविद्यालयलाई कसरी राजनीति मुक्त गर्न खोजियो भन्ने ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖