• Thursday 8th of October 2026

आईसीसीले डीआरएसको नियममा ठूलो परिवर्तन गर्‍यो


  • धनकुटा खबर
  • .

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल अर्थात आईसीसीले आफ्नो निर्णय समीक्षा प्रणाली (डीआरएस) सम्बन्धी नियमहरूमा धेरै महत्त्वपूर्ण परिवर्तन गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार यी नियमहरू डिसेम्बर १२, २०२३ देखि लागू हुनेछन्। यसको उद्देश्य निर्णय प्रक्रियामा अधिक पारदर्शिता र निष्पक्षता ल्याउनु हो ।

एउटा महत्त्वपूर्ण परिवर्तन स्टम्पिङसँग सम्बन्धित रिभ्यु हो। नयाँ नियम लागु भएपछि अब अम्पायरले स्टम्पिङसँग सम्बन्धित अपिलमा स्टम्पिङ मात्रै जाँच गर्नेछन् ।

अहिलेसम्म फिल्डिङ टिमले स्टम्पिङका लागि डीआरएस प्रयोग गर्दा थर्ड अम्पायरले पहिले क्याच जाँच्ने गर्दथे । यसको मतलब क्याच आउट भएमा स्टम्पिङ हेरिँदैनथ्यो।

अब स्टम्पिङका लागि डीआरएस लिइयो भने क्याच आउट जाँच नै गरिने छैन र क्याच आउट भएमा पनि आउट दिइने छैन । फिल्डिङ टोलीले स्टम्पिङका लागि छुट्टै अपील र क्याचका लागि छुट्टै अपील गर्नुपर्नेछ।

आईसीसीले आफ्नो नयाँ संशोधनमा भनेको छ, “यी परिवर्तनहरूले अब स्टम्पको लागि स्टम्पिङको मात्र समीक्षा गर्ने विकल्प दिनेछ। यसका साथ एउटै समीक्षामा आउट गर्ने विभिन्न मोडहरू जाँच गरिने छैन।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖