• Thursday 8th of October 2026

बंगलादेशसँग विश्वकपमा पुनः भेट, नेदरल्यान्ड्स समूहमा पर्नु फाइदा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय टोलीले १० वर्षपछि आईसीसी टी–ट्वान्टी विश्वपक खेल्ने अमेरिका र वेस्ट इन्डिज जाँदैछ । पछिल्लो समय राम्रो अवस्थामा रहेको नेपाली टोलीको लागि सुपर आठमा पुग्न यो विश्वकपमा सहज हुने देखिन्छ । नेपाली टोली रहेको समूह ‘डी’ मा बंगलादशे, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स रहेका छन् । यो पटक आईसीसीले २० टोली लाई चार समूहमा पारेको छ ।

हरेक टोलीमा पाँच टोली रहेका छन् । विश्वकपमा नेपाल रहेको समूहमा दक्षिण अफ्रिका बलियो टोली भएपनि नेपालका लागि श्रीलंका र बंगलादेश समूहमा पर्नु निकै सहज देखिन्छ ।

सन् २०१४ मा पनि बंगलादेश नेपाल रहेको समूहमा रहेको थियो । उत्त समयमा समान अंक रहेको नेपाल नेट रन रेटका आधारमा अघिल्लो चरण पुग्न सकेन ।

उत्त विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो भने बंगलादेशसँग पराजित हुन पुगेको थियो ।
तर, यो विश्वकपमा नेपालले तीन खेल जित्न सकेमा अघिल्लो चरण पुग्नेछ ।

नेपालले अहिलेको प्रदर्शन हेर्दा टिमले उत्कृष्ट प्रदर्शन गर्ने कुरामा कुनै दुई मत छैन् ।

क्रिकेट खेल त्यसमाथि टी–ट्वान्टी क्रिकेटलाई अन्दाजमा आक्नु भने हुँदैन । तर, नेपालका लागि नेदरल्यान्ड्स, श्रीलंका र बंगलादेश समूहमा पर्नु निकै भाग्यको कुरा हो ।

एसिया कपमा, भारत र पाकिस्तानसँग खेलेको नेपालका लागि विश्वकपको खेलहरुमा केही सहज भने पक्कै हुनेछ । नेपाललाई नयाँ तीन टेस्ट राष्ट्रसँग आफ्नो खेल कौसल देखाउने पनि मौका छ ।

विश्वकप जुन १ देखी २९ सम्म अमेरिका र वेस्टइन्डिजमा हुँदैछ । त्यसको लागि नेपाली टोली अहिले देखि नै तयारी अवस्थामा छ । यदि नेपालले सुपर आठमा स्थान बनाएमा ।

सुपर आठ मा दुई समूहमा विभाजन गरिनेछ । दुबै समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖