• Friday 9th of October 2026

ब्राजिल फुटबलका अन्तरिम प्रशिक्षक बर्खास्त


  • धनकुटा खबर
  • .

काठमाडौं। ब्राजिलले पुरुष राष्ट्रिय फुटबल टिमका अन्तरिम प्रशिक्षक फर्नान्डो डीनिजलाई बर्खास्त गरेको छ।
ब्राजिल फुटबल संघका अध्यक्ष एडलान्डो रोद्रिगेजले डीनिजलाई राष्ट्रिय टिमको अन्तरिम प्रशिक्षकबाट हटाएको जानकारी दिएका छन्। डीनिज उनलाई गत जुलाईमा एक वर्षका लागि राष्ट्रिय टिमको अन्तरिम प्रशिक्षकमा नियुक्त गरिएको थियो।

डिनिजले फिफा विश्वकप छनोटका ६ खेलमा ब्राजिलको नेतृत्व सम्हालेका थिए। जसमा ब्राजिलले दुई खेलमा मात्र जित हासिल गरेको थियो भने तीन खेलमा हार बेहोरेको थियो।

ब्राजिलले हाल रियल म्याड्रिडका इटालियन प्रशिक्षक कार्लोस एन्सेलोटीलाई भित्र्याउने प्रयास गरेपनि उनले रियलसँग २०२६ सम्मका लागि सम्झौता नवीकरण गरेपछि नयाँ प्रशिक्षकको खोजीमा रहेको छ।

अध्यक्ष रोद्रिगेजले अहिलेका लागि राष्ट्रिय टिमको जिम्मेवारी साओ पाउलोका प्रशिक्षक डोरिभल जुनियरले सम्हाल्ने बताएका छन् भने स्थायी प्रशिक्षकको खोजी जारी रहेको बताएका छन्। रोद्रिगेजको अध्यक्षमा पुनर्बहाली भएलगत्तै प्रशिक्षक बर्खास्तीको निर्णय आएको हो।

हाल ब्राजिलको फुटबल संघमा सरकार र अदालतको हस्तक्षेप बढे पछि फिफाले समेत हस्तक्षेप नरोकिए निलम्बन गर्ने चेतावनी दिएको थियो।

रियो दी जेनेरियो अदालतले अध्यक्ष र उनको कार्यसमितिलाई सन् २०२२ को निर्वाचनमा अनियमितता गरेको फैसला गरेपछि डिसेम्बर ७ मा पदमुक्त भएका थिए। तर उच्च अदालतले उनीहरुको पक्षमा फैसला गरेपछि रोद्रिगेजसहितका पदाधिकारी फुटबल संघमा फर्किएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖