• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रिय सभामा ४ सिटको दाबी सहित देउवासँग वारपार मिटिङमा शेखर


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ पुस । सत्तारुढ गठबन्धनले नेपाली कांग्रेसलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा १० सिट दिएको छ । आसन्न राष्ट्रिय सभा निर्वाचनमा १९ सिटका लागि निर्वाचन हुँदैछ ।

कांग्रेसको शेखर–गगन पक्षले आफूहरुलाई पार्टीले ४ सिट दिनुपर्ने बताएको छ । आज (आइतबार) इत्तर पक्षीय नेताहरुको छलफलले ४ सिटमा दाबी गर्नुपर्ने निश्कर्ष निकालेको हो । आफूहरुबाट प्रस्तावित व्यक्तिहरुलाई पनि समेटेर उम्मेदवार चयन नगरे फरक मत राख्ने इत्तर समूहको तयारी छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भोलिका लागि तोकिएको छ । यस उम्मेदवार चयनका लागि शेखर–गगन समूहले सभापति शेरबहादुर देउवासँग निर्णायक मिटिङ गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖