• Friday 9th of October 2026

रोहित शर्मालाई हार्दिक पाण्ड्याले हटाउन सक्लान् ?


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमको कप्तान को होला भन्ने प्रश्नका बीच कप्तान रोहित शर्माको पक्षमा मत देखिएको छ । टी-२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक हुँदा आगामी जुन १ गतेदेखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा भारतले आयरल्याण्डको सामना गर्ने छ ।भारतीय टोलीको कमाण्ड कसको हातमा रहने भन्ने ठूलो प्रश्न हो । पछिल्लो एक वर्षमा खेलिएका लगभग सबै टी-२० सिरिजमा टिमको कप्तान हार्दिक पाण्ड्याले गर्दै आएका छन् ।

तर, छनोटकर्ताले विश्वकप क्रिकेटमा कप्तानका लागि रोहित शर्मामाथि तत्काल विश्वास देखाउन चाहन्छन् । पूर्व भारतीय क्रिकेटर आकाश चोपडाले रोहित टी-२० विश्वकपमा टिम इण्डियाको कप्तान हुने विश्वास व्यक्त गरेका छन् ।

आकाशले कारण पनि खुलासा गरेका छन् । जसका कारण हार्दिकको कप्तानी पाउने सम्भावना कम देखिएको छ ।पूर्व भारतीय क्रिकेटरले थप भने, ‘मलाई लाग्छ कि रोहित शर्माले मात्र २०२४ मा हुने टी-२० अन्तर्राष्ट्रिय र टी-२० विश्वकपको कप्तानी देख्ने छन् । तपाईंले यो प्रश्न २०२२ मा खेलिएको टी-२० विश्वकपपछि सोध्नु भएको होला, यदि यो भएको भए सायद उनले कप्तान भएनन्, यसको कारण टोलीको प्रदर्शन थियो, किनभने त्यतिबेला टोलीले १० ओभरमा ६० रन मात्रै बनाएको थियो ।’

नयाँ सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सका कप्तान बनेका थिए । आईपीएल क्लबमा रोहितलाई ‘रिप्लेस’ गरेका पाण्ड्याले राष्ट्रिय टोलीमा पनि हटाउने आंकलन गरिँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖