• Friday 9th of October 2026

इरानी स्टारमाथि सेभियाको नजर


  • धनकुटा खबर
  • .

एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब सेभियाले इरानी स्टारलाई टिममा भित्राउने योजना बनाएको छ ।

२९ वर्षिय ब्रायन लिभरकुसेनका खेलाडी शरदार आजमाउन अहिले रोमामा लोनमा छन् । उनले रोमाका लागि सिरि एमा १३ खेलमा एक गोल गरेका छन् ।

अहिले सेभियाले जर्मन बुन्डेस लिगा क्लब लिभरकुसेनसँग उनलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको गोलले लेखेको छ । यता लिभरकुसेनले नै उनलाई क्लबमा फर्काउन प्रयास गरिरकेको छ । लिभरकुसेन यो सिजन १६ खेलमा ४२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖