बाजुराको कोल्टीमा हवाई जहाज कुर्दाकुर्दै सुत्केरी महिलाको मृत्यु भएको छ । सोमबार बेलुका हवाई जहाज कुर्दाकुर्दै हुम्ला ताजाँकोट गाउँपालिका–५ का २३ वर्षीया अंशु बुढाको मृत्यु भएको हो ।
सोमबार सुत्केरी भएको १३ दिन भएको र हुम्लाबाट उपचारका लागि आइतबार कोल्टी पु¥याएको जानकारी सोमबार अबेर पाएको हुम्लाका प्रदेशसभाका सांसद रनसिंह परियारले बताए । ‘सोमबार कोल्टीमा हवाई जहाजको उडान भएन् । आइतबार कोल्टीमा ल्याएका रहेछन्,’ उनले भने, ‘अबेर भएका कारणले सेनाको हेलिकप्टर जान सकेन् ।
उहाँको मृत्यु भएको खबर पाएको छु ।’ दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू निःशुल्क हवाई उद्वार कार्यक्रम भएको त्यसबाट उनको उद्वार गर्न सकिने अवस्थामा खबर ढिलो हुँदा बुढाको ज्यान गएको प्रदेशसभा सदस्य परियारले जानकारी दिए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ०७५/७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।-हेल्थ आवाज
