• Saturday 28th of November 2026

के होला सन्दीपलाई सजाय ?


  • धनकुटा खबर
  • .

काठमाडौं । बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामिछानेको सजाय आज बुधबार तोकिदैछ ।

काठमाडौं जिल्ला अदालतले बलात्कारको मुद्धामा सन्दीपलाई दोषी ठहर गरेको थियो ।

पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई पुस २५ गते सजाय निर्धारण गर्ने आदेश गरिएको थियो ।

अदालतले पीडितको उमेर १८ वर्ष पुगेको ठहर गर्दै पीडितको नाजुक आर्थिक अवस्थाको लाभ उठाएर करणी गरेको ठहर गरेको थियो ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि बुधबार पेश राखिएको हो । तीन वर्ष वा सो भन्दा बढी जेल सजाय हुने मुद्धामा कसुल निर्धारणका लागि छुट्टै पेशी तोकेर सजाय निर्धारण गर्ने व्यवस्था रहेको छ ।

ऐनमा १८ वर्ष वा सो भन्दा बढी उमेरको बलात्कारको मुद्धामा सातवर्षदेखि १० वर्षको कैद सजायको ब्यवस्था छ ।

काठमाडौंदेखि नगरकोट गएर फेरी काठमाडौं फर्किएर होटलमा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालती आदेशमा उल्लेख छ ।

पीडित बालिकाले २०७९ भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा सन्दीपमाथिको मुद्धा प्रकृया अघि बढेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖