• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा धनकुटाका उर्मिला चेम्जोङ पक्राउ


  • धनकुटा खबर
  • .

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा धनकुटा घर भई हाल कीर्तिपुरको ट्याङलाफाँट बस्ने ४८ वर्षीय उर्मिला चेम्जोङ रहेकी छिन् ।

चेम्जोङले संगत थापा समेत २ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा ड्राइभिङको काम लगाइदिन्छु जहाँ मासिक १ लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पटक पटक गरी १० लाख ५० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चेम्जोङको खोजतलास गर्ने क्रममा बुधबार कीर्तिपुरको ट्याङलाफाँटबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖