• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

देउवाका ज्योतिषी रिजाल भन्छन्–सन्दीपको फैसला उल्टिने वक्रदृष्टि ग्रहयोग परेको छ


  • धनकुटा खबर
  • .

काठमाडौँ । ज्योतिषी सुरेश चन्द्र रिजालले बलात्कार अभियोगमा ८ वर्ष कैद सजाय पाएका क्रिकेटर सन्दीप लामिछानेको फैसला उल्टिने ग्रहयोग परेको बताएका छन् ।

बुधबार जिल्ला अदालत काठमाडौँले लामिछानेले काल्पनिक नाम गौशाला २६ रहेकी युवतीलाई बलात्कार गरेको ठहर गर्दै ८ वर्ष कैद र ५ लाखको जरिवानाको फैसला गरेको छ ।

सो फैसलापछि ज्योतिजी रिजालले वक्रदृष्टि खण्डित ग्रहयोगमा आठ वर्ष कैद सजाय भएकोले छिट्टै फैसला उल्टने संकेत रहेको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमा उनले भनेका छन्,‘जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको समय नै खण्डित वक्रदृष्टि ग्रहयोगमा परेकाले जिल्ला अदालतको फैसला छिट्टै उल्टने ग्रहयोग परेको छ ।’

ज्योतिजी रिजाल कांग्रेस सभापति शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेर चर्चामा आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖