• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जुवातास खेलिरहेको अवस्थामा कोटेश्वरबाट ५ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । राजधानीको कोटेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

सुब्बा गेष्‍ट हाउसबाट जुवातास खेलिरहेको अवस्थामा खोटाङ साकेला नगरपालिका-१ घर भएका २५ वर्षीय प्रकाश रोक्का लगायत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ७ सय ८५ रूपैयाँ र २ बुक तासहित पेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖