सुर्खेत । सुर्खेतमा सम्पन्न ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगितामा रविन चन्द ठकुरी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल पुलिस क्लबका चन्दले सर्वोत्कृष्टको ट्रफिसँगै नगद पुरस्कार प्राप्त गरे ।
उनलाई लक्ष्मी नारायण मेमोरियल ट्रष्टले १२ हजार, नेपाल भलिबल संघ सुर्खेतका वरिष्ठ उपाध्यक्षले १० हजार र हङकङमा रहेका मोहन बाकमलले ५ हजार पुरस्कार दिएका थिए ।
रविनले खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए भने बाहिर दर्शकबाट पनि हुटिङ र हौसल्ला पाइरहेका थिए । प्रतियोगिता आफ्नो पक्षमा पार्न चन्दको भूमिका महत्त्वपूर्ण रहेको थियो ।
यस्तै सर्वोत्कृष्ट उदयमान खेलाडीको रुपमा पुलिसकै पहल गहतराज घोषित भए ।
सर्वोत्कृष्ट स्पाइकरमा एपीएफका हेमन्त मल्ल, सेटरमा पुलिसका इमबहादुर राना, ब्लकरमा गण्डकी प्रदेशका रविन नगरकोटी, सर्भरमा गण्डकीकै जीवन सुनार, लिवेरोमा पुलिसका भीम बहादुर गाहा र प्रशिक्षकमा नेपाल पुलिसका चन्द्र कुँवर घोषित भएका छन् ।
