• Friday 9th of October 2026

दीपेन्द्रको कप्तानीमा प्रधानमन्त्री कपका लागि पुलिसको टिम घोषणा, भुर्तेल पनि समावेश


  • धनकुटा खबर
  • .

काठमाडौं,२७ पुस । शनिबारबाट सुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि विभागीय टिम नेपाल पुलिस क्लबले आफ्नो टिम सार्वजनिक गरेको छ ।

शुक्रबार पुलिसले राष्ट्रिय क्रिकेट टिमका अलराण्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टिम घोषणा गरेको हो । पुलिसको टिममा सिनियर टिमका ओपरन ब्याटर कुशल भूर्तेल पनि समावेश भएका छन् । उनी हाल घरेलु क्रिकेटका लागि अष्ट्रेलियामा रहेका छन् ।

भुर्तेल र ऐरीको अतिरिक्त पुलिसको टिममा सिनियर टिमबाट खेलिसकेका आधा दर्जन खेलाडि समावेश छन् ।

यु-१९ विश्वकपको कारण गुलशन झा टोलीमा हुने छैनन् । योगेन्द्र सिंह कार्की र पवन सरार्फले पुलिस छाडी सकेका छन् । पवन मधेश जादा योगेन्द्र अष्ट्रेलियामा छन्।

प्रधानमन्त्री कप खेल्ने पुलिसको टोलीः

दिपेन्द्र सिंह ऐरी(कप्तान),कुशल भुर्तेल, करण केसी, आरिफ शेख, अर्जुन साउद, दिलिप नाथ, अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राण, राशिद खान, ललित भण्डारी र रोशन बुढा

प्रशिक्षक मञ्जित श्रेष्ठ

टिम व्यवस्थापक : चित्रबहादुर विष्ट

प्राविधिक विश्लेषक : विजयकुमार धिताल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖