• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बस दुर्घटना अपडेट : ज्यान गुमाएका १२ जनामध्ये आठ जनाको सनाखत


  • धनकुटा खबर
  • .

काठमाण्डौं, पुस २८ । दाङको भालुवाङमा बस पल्टिँदा ज्यान गुमाएका १२ जनामध्ये चार जनाको परिचय खुल्न सकेको छैन् ।दाङ प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएका मध्ये ८ जनाको परिचय खुले पनि चार जनाको भने सनाखत हुन सकेको छैन् ।

मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रि बस गएराति भालुवाङको राप्ती पुलबाट नदीमा खस्दा अरु २३ जना यात्रु घाइते छन् ।

परिचय खुलेकाहरु

मकवानपुर हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट

काठमाण्डौको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे

भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने

जुम्लाका ४० वर्षीय मुनबहादुर रावत

बाँकेका २० वर्षीय रामबहादुर हरिजन

रुकुमका २५ वर्षीय दीपक कामी

भारत विहारका ६७ वर्षीय देवेन्द्र राय

बाँके नेपालगञ्जकी ६० वर्षीया कुसुम

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖