• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इलाममा बेवारिसे अवस्थामा शिशु फेला


  • धनकुटा खबर
  • .

टीका खतिवडा/इलाम: इलामको माइजोगमाई गाउँपालिकामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । माईजोगमाई गाउँपालिका ३ गुप्तीमा रहेको एक ओडारमा शिशुलाई फेला पारिएको हो ।

बिहीबार साँझ बच्चा फेला पारिएको हो । शिशु रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय सडक भन्दा १ किलोमिटर मुनि डुङ्गाको ओडारमा शिशु (छोरा) फेला पारिएको छ ।

जन्मिएकै करिब ३÷४ दिनको जस्तो देखिने बच्चा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।

स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि माईजोगमाई गाउँपालिकाको स्वास्थ्य शाखाबाट स्वास्थ्य परीक्षणका लागि चिकित्सकको टोली आउँदै गरेको स्थानीय पत्रकार रोशन काफ्लेले जानकारी दिए । उनका अनुसार एक स्थानीयको घरमा बच्चालाई ल्याएर सेक ताप गरेर राखिएको छ ।

बच्चालाई कपडा समेत लगाएर नै कसैले राखेको जनाइएको छ ।
नेपाल प्रहरी र स्थानीयले बच्चाको उद्धार गरिसकेको बताइएको छ ।
बच्चा कसले र किन छोड्यो भन्ने विषयमा खोजी भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖