• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

हेटौंडामा आफ्नै भाइले दाजुलाई पेट्रोल छर्केर आगो लगाए


  • धनकुटा खबर
  • .

हेटौँडा । मकवानपुरको हेटौँडामा आफ्नै सहोदर भाइले दाजुलाई पेट्रोल छर्केर लागो लगाएका छन्।

मादक पदार्थ सेवन गरेर हेटौडा-४ चिल्ड्रेन पार्क गरदेईमा बस्ने अन्दाजी ३२ वर्षका कुमार गिरीलाई उनको सहोदर भाइ २८ वर्षका रवि गिरीले पेट्रोल छर्की आगो लगाएका हुन ।

आगोले जलेर गम्भीर घाइते गिरीलाई उपचारको लागि हेटौडा अस्पताल लगिएको तर हेटौँडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगो लगाउने भाइलाई प्रहरीले पक्राउ गरेको र अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖