• Friday 9th of October 2026

बागमतीविरुद्ध सन्दीपको अर्धशतक


  • धनकुटा खबर
  • .

२९ पुस, काठमाडौं । एपीएफ क्लबका मध्यक्रमका ब्याटर सन्दीप जोराले बामगती प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ६४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका छन् । पाँचौं क्रममा आएका उनले एकतर्फबाट क्रिज सम्हाल्दै टिमको लागि महत्वपूर्ण अर्धशतकीय पारी खेलेका हुन् ।

४१ रनमा पाँच विकेट गुमाएको एपीएफका लागि उनले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म डोर्‍याएका थिए ।

सन्दीप हाल ७४ बलमा ६१ रन बनाउँदै खेलिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖