एजेन्सी । एएफसी एसियन कप फुटबलमा भारतले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।
पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको भारतले आज आफ्नो दोस्रो खेल उज्बेकिस्तानसँग खेल्न लागेको हो ।
आजको खेलमा भारतलाई जित्नै पर्ने दबाब छ । आजको खेलमा भारत पराजित स्वत बाहिरिनेछ भने बराबरी भएमा अर्काे खेलको नतिजालाई कुर्नु पर्ने अवस्था हुनेछ ।
भारत र उज्बेकिस्तानबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ बाट सुरु हुनेछ ।
समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा अंक बटुल्न नसकेको भारत मात्र हो । यस समूहको शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले सिरियासँग खेल्ने छ ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ५ः१५ बाट सुरु हुनेछ ।
