• Friday 9th of October 2026

कोपा डेल रेमा बार्सिलोना क्वाटरफाइनल प्रवेश


  • धनकुटा खबर
  • .

एजेन्सी । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति तेस्रो डिभिजनको टोली युनियनिस्टाज सालामाङ्काविरुद्ध ३–१ गोलको पुनरागमन जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३१ औँ मिनेटमा युनियनिस्टाजका अल्भारो गोमेजले गोल गर्दै अग्रता दिलएका थिए । १ गोलले पछि परेको बार्सिलोनाले ४५ औँ मिनेटमा बारबारी गोल गरेको थियो । बार्सिलोनाका लागि फेरान टोरेसले जोआओ फेलिक्सको पासमा गोल गर्दै पहिलो हाफ एक एकको बराबरीमा टुङ्ग्याए ।

६९ औँ मिनेटमा जुल्स कुन्डेले शानदार गोल गर्दै बार्सिलोनलाई २–१ ले अघि बढाउँदा ७३ औँ मिनेटमा अलेहान्द्रो बाल्डेले गोल गर्दै बार्सिलोनालाई कोपा डेल रेको अन्तिम ८ मा प्रवेश पक्का गराए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖