• Friday 9th of October 2026

प्रधानमन्त्री कप : मधेस र सुदूरपश्चिम, बाग्मती र कर्णाली तथा एपीएफ र पुलिस खेल्दै


  • धनकुटा खबर
  • .

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीनवटा खेल हुँदै छन् । त्रिवि क्रिकेट मैदानमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ।

मूलपानी क्रिकेट मैदानमा बाग्मती प्रदेश र कर्णाली प्रदेशबीच खेल हुँदैछ भने अर्को खेल भैरहवामा रहेको सिद्धार्थनगर क्रिकेट मैदानमा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच हुँदैछ ।

अहिलेसम्म खेलेका तीनवटै खेल जितेकाे सुदूरपश्चिम तालिकाको पहिलो र नेपाल पुलिस क्लब दोस्रो स्थानमा छन् । पाँचमध्ये तीन खेल जितेकाे बाग्मती प्रदेश तेस्रो स्थानमा र मधेस प्रदेश रन रेटको आधारमा चौथो स्थानमा छ । तीनमध्ये दुई खेल जितेको एपीएफ क्लब पाँचौँ स्थानमा छ ।

चार खेलमा दुई खेल मात्र जितेको कर्णाली प्रदेश सातौँ स्थानमा छ । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖