• Friday 9th of October 2026

न्यूजिल्याण्ड विरुद्ध नेपालले गरेको यो एक कमजोरी, जसमा कसैको गएन ध्यान !


  • धनकुटा खबर
  • .

काठमाडौँ – आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले न्यूजिल्याण्डको सामना गर्यो। नेपालले न्यूजिल्याण्डसँग सम्मानजनक हार बेहोर्यो।

दक्षिण अफ्रीकाको इस्ट लन्डनस्थित मैदानमा भएको खेलमा नेपाल ६४ रनले पराजित भयो। न्युजिल्याण्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा २ सय ३८ रन बनायो।

न्युजिल्याण्ड विरुद्धको खेलमा नेपाल अलआउट भएन। नेपालले ९ विकेट गुमाएर खेलको अन्त्य गर्यो। नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९० रन बनाए।

नेपालले न्यूजिल्याण्ड जस्तो राम्रो टोली विरुद्ध बलिङ र ब्याटिङ दुवैमा सन्तोषजनक प्रदर्शन गरेको मान्न सकिन्छ। तर नेपालले न्यूजिल्याण्ड विरूद फिल्डिङ भने त्यति राम्रो गरेन।

खेलभर नेपालले केहि क्याच ड्रप गर्यो भने ओभर थ्रोमा समेत केहि रन खर्चियो। खेलको सुरुवाती समयमा नै ओभर थ्रोमार्फत नेपालले एक्स्ट्रा पाँच रन दिएको थियो।

आकाश त्रिपाठीले पावरप्लेमै क्याचको अवसर पाएका थिए। तर त्यसमा उनी चुके। त्यस्तै अन्य अवसरहरुमा पनि नेपालले केहि क्याच ड्रप गर्यो। जे होस् नेपालको फिल्डिङ न्युजिल्यान्डविरुद्ध खेलको सबैभन्दा बिर्सनलायक पक्ष थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖