• Friday 9th of October 2026

पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो विकेट हात लाग्यो,तीनै विकेट आकाशले लिए


  • धनकुटा खबर
  • .

आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध तीन विकेट लिन सफल भएको छ।

नेपालका लागि तीनै विकेट आकाश चन्दले लिएका हुन।यस अघि एउटै ओभरमा दुई विकेट लिएका आकाशले तेस्रो विकेट २६ ओभरमा लिएका हुन।ताजास्थीतीमा उनले ७ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका छन। पाकिस्तानको तेस्रो विकेट झर्दा ९८ रन थियो।

जितको लागि १९८ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानको पहिलो विकेट २१ दशमलब २ ओभर र दोस्रो विकेट २१ दशमलब ४ ओभरमा नेपालका बलर आकाश चन्दले लिएका हुन । पाकिस्तानको पहिलो विकेट जाँदा ८० रन तथा दोस्रो विकेट जाँदा ८१ रन थियो । पाकिस्तानका दुवै सुरुवाता व्याटर आउट भएका छन । पाकिस्तानका दुवै सुरुवाती व्याटर एस खान र एस हुसेनले समान ३७ रन बनाए । ताजास्थीतीमा पाकिस्तानले २७ ओभरमा ३ विकेट गुमाएर ९९ रन बनाएको छ ।

यस अघि नेपालका कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो।नेपालका लागि विपीन रावलले ३९ , कप्तान देव खनालले २३ , दिपक डुम्रेले २६ र सुभाष भण्डारीले २० रन बनाए।

न्युजिल्याण्ड विरुद्ध ९० रन बनाएका अर्जुन कुमाल ६ रनमा आउट भए । गुल्सन झाले १८ रनको योगदान दिए । आकाश चन्द १६ रन बनाएर नट आउट रहे ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको थियो।

नेपालले गत महिना पाकिस्तानविरुद्ध एसीसी यू१९ एसिया कपमा पनि खेलेको थियो।उक्त खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो।नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ।समूह डी मा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖