• Friday 9th of October 2026

पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता


  • धनकुटा खबर
  • .

आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध चार विकेट लिन सफल भएको छ।

पाकिस्तानको चौथो विकेट २८ ओभरमा १०४ रन बनाउँदा गएको हो।चौथो विकेट नेपालका बलर आकाश त्रिपाठीले लिएका हुन ।यस अघि तीन विकेट आकाश चन्दले लिएका थिए। १९८ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ताजास्थीतीमा ३० ओभरमा ४ विकेट गुमाएर १११ रन बनाएको छ।

यस अघि नेपालका कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो।नेपालका लागि विपीन रावलले ३९ , कप्तान देव खनालले २३ , दिपक डुम्रेले २६ र सुभाष भण्डारीले २० रन बनाए।

न्युजिल्याण्ड विरुद्ध ९० रन बनाएका अर्जुन कुमाल ६ रनमा आउट भए । गुल्सन झाले १८ रनको योगदान दिए । आकाश चन्द १६ रन बनाएर नट आउट रहे ।नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको थियो।

नेपालले गत महिना पाकिस्तानविरुद्ध एसीसी यू१९ एसिया कपमा पनि खेलेको थियो।उक्त खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो।नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ।समूह डी मा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖