• Friday 9th of October 2026

आईसीसी यू–१९ क्रिकेट विश्वकप: यसरी पुग्न सक्छ नेपाल सुपर सिक्समा


  • धनकुटा खबर
  • .

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप प्रतियोगितामा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । बुधवार राति सकिएको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।

नेपाल रहेको समूह ‘डी’मा न्युजिल्यान्ड २ खेल जित्दै यसअघि नै सुपर सिक्समा पुगिसकेको छ । नेपाललाई हराएसँगै पाकिस्तान पनि सुपर सिक्समा पुगेको छ ।

नेपाल र अफगानिस्तानले भने न्युजिल्यान्ड र पाकिस्तान दुवैसँग पराजय ब्यहोरेका छन् । अब अन्तिम खेलमा लगातार दुई खेलमा पराजित नेपाल र अफगानिस्तान भिड्दैछन् ।

हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगिसकेका छन् ।

अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हराए सुपर सिक्समा पुग्नेछ ।​ यसर्थ नेपालले अब शनिवार हुने उक्त खेल जित्नै पर्ने हुन्छ । अफगानिस्तानलाई हराएको खण्डमा नेपाल सुपर सिक्समा पुग्नेछ । ​

अर्कोतिर न्युजिल्यान्ड र पाकिस्तान भने अब समूह विजेता बन्नलाई प्रतिस्पर्धा गर्नेछन् । यो खेल पनि शनिवार नै हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖