• Friday 9th of October 2026

गर या मरको अवस्थामा नेपाल, कुनै पनि हालतमा अफगानिस्तानलाई हराउनै पर्ने !


  • धनकुटा खबर
  • .

काठमाडौँ – आईसीसी यू–१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम तथा निर्णायक खेलका लागि नेपाल आज एक्सनमा उत्रँदैछ। समूह चरणक दुई खेलमा लगातार पराजित भएको नेपाल तेस्रो खेलका लागि आज एक्सनमा उत्रन लागेको हो।

नेपालले समूह चरणको अन्तिम खेलमा आज अफगानिस्तानको सामना गर्नेछ। नेपाल र अफगानिस्तान दुवै आज हुने खेलमा पहिलो जितको खोजिमा हुनेछन्।

नेपाल र अफगानिस्तानको खेल नेपाली समयानुसार दिउँसो १:४५ बजेदेखि सुरु हुनेछ। २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्नेछ।

एक हिसाबले भन्ने हो भने नेपाल आज गर या मारको अवस्थामा हुनेछ। आजको खेलमा अफगानिस्तानलाई पराजित गरेको खण्डमा नेपाल विश्वकपको अर्को चरणमा प्रवेश गर्नेछ।

नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। अफगानिस्तान न्युजिल्यान्डसंग एक विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग १ सय ८१ रनले पराजित भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖