• Friday 9th of October 2026

मात्र यी चार कमजोरी सुधार्ने हो भने पक्का छ नेपालको जित


  • धनकुटा खबर
  • .

काठमाडौँ – दक्षिण अफ्रिकामा जारी आसिसी यू–१९ विश्वकप २०२४ मा नेपालले समूह चरणको आफ्नो अन्तिम खेल खेल्दैछ। समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानको सामना गर्नेछ।

नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। अफगानिस्तान न्युजिल्यान्डसंग एक विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग १ सय ८१ रनले पराजित भएको थियो।

नेपाल आज कुनै पनि हालतमा अफगानिस्तानलाई पराजित गरेर सुपर सिक्समा पुग्ने योजनामा हुनेछ। तर त्यसको लागि नेपालले पाकिस्तान र न्युजिल्याण्डका खेलमा गरेका कमजोरीहरुलाई सुधार्नुपर्नेछ। निम्न चार कुरामा सुधार गर्ने हो भने नेपालले अफगानिस्तानलाई पराजित गर्न सक्छ।

ठूलो साझेदारी – क्रिकेटमा साझेदारी सबैभन्दा महत्वपूर्ण हुन्छ । एकदिवसीय क्रिकेटमा विशाल योगफल बनाउन एउटा जोडीले ठूलो साझेदारी गर्नुपर्ने हुन्छ। देव खनाल र अर्जुन कुमालले तेस्रो विकेटका लागि ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए। तर पाकिस्तानविरुद्ध कुनै पनि ब्याटरले ४० रनको साझेदारी गर्न सकेनन्। जसकारण नेपाल १ सय ९७ रनमै अलआउट भएको थियो। आज नेपालले अफगानिस्तान विरुद्ध ठूलो साझेदारी बनाउन सक्नु पर्नेछ।

सुरुवातमा विकेट – नेपालले पछिल्ला दुवै खेलमा सुरुवाती अवस्थामै विकेट लिन सकेको छैन। तर आज नेपालले अफगानिस्तान विरुद्ध खेलको सुरुवातमै विकेट लिन सक्नु पर्नेछ। पावर प्लेमा विकेट लिन सकेको खण्डमा नेपाललाई त्यसको फाइदा पुग्न सक्छ।

चौका-छक्का प्रहार – जारी प्रतियोगितामा नेपालले खासै ठूला सट खेलिरहेको छैन। बाउन्ड्री विना कुनैपनि टोली बलियो योगफलमा पुग्न सम्भव हुँदैन। आज नेपालले डबल सिंगलसँगै कमजोर बलमा चौका र छक्का प्रहार गर्ने हो भने खेल नेपालको पक्षमा हुन सक्छ।

फिल्डिङमा सुधार– नेपालले जारी प्रतियोगिताका दुवै खेलमा राम्रो ब्याटिङ र बलिङ गरेको भन्न सकिन्छ। तर फिल्डिङको मामलामा भने नेपाल कम्जोर देखिएको छ। फिल्डिङमा एउटा रन आउटले पुरै खेल मोडिन सक्ने हुँदा नेपालले अफगानिस्तान विरुद्ध फिल्डिङ चुस्त बनाउनु पर्ने हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖