• Friday 9th of October 2026

पहिलो बलमा छक्का, दोस्रो बलमा चौका दिएका भण्डारीले तेस्रो बलमा लिए महत्त्वपूर्ण विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल र अफगानिस्तानबिच जारी यु–१० क्रिकेट विश्वकप म्याचमा नेपाली बलर तिलक भण्डारीले अफगानिस्तानको सातौँ विकेट आफ्नो नाममा लेखाएर नेपाललाई बलियो अवस्थामा पुर्‍याएका छन् ।

नेपालका लागि निकै खतरनाक बनेका अफगानिस्तानका ब्याट्सम्यान अल्लाह मोहम्मद घजनफारलाई तिलकले आफ्नो पहिलो ओभरको तेस्रो बलमा आउट गरेका हुन् । तिलकले १८ औँ ओभरमा बलिङको मौका पाएका थिए । पहिलो बलमा छक्का, दोस्रो बलमा चौका खाएका तिलकले तेस्रो बलमा रोचक तरिकाले विकेट लिए ।

१८ ओभरको तेस्रो बलसम्म अफगानिस्तानले ७ विकेटको क्षतिमा ८५ रन बनाएको छ । नेपालका लागि आकाश चन्दले पाँच र गुलसन झाले एक विकेट लिइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖