• Friday 9th of October 2026

आईसीसी यू-१९ विश्वकप : कप्तान खनाललाई तिलोत्तमाले ५० हजार दिने


  • धनकुटा खबर
  • .

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यु-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाललाई सम्मान स्वरूप ५० हजार पुरस्कार दिने भएको छ।

तिलोत्तमा निवासी खनालको उत्कृष्ट प्रदर्शनले नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेकाले सम्मान स्वरूप नगद ५० हजार दिने नगरप्रमुख रामकृष्ण खाणले बताए ।

शुक्रवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको थियो।

नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए। ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖