• Friday 9th of October 2026

जिरोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा


  • धनकुटा खबर
  • .

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार लास पासमासमाथि २-१ को पुनरागमन जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो।

खेलको ५३ मिनेटमा मुनोजले गोल गरेर पासमासलाई अग्रता दिलाएका थिए। तर रियलका लागि भिनिसियस जुनियरले ६५ मिनेटमा बराबरी गोल गर्दा चुआमेनीले ८४ मिनेटमा विजयी गोल गरे।

यता बार्सिलोना भने पराजित भएको छ। बार्सिलोनालाई शनिबार भिल्लारियलले ५-३ गोलले पराजित गर्‍यो।

अंक तालिकामा रियल २१ खेलबाट ५४ अंक जोडेर शीर्ष स्थानमा उक्लियो। दोस्रो स्थानको जिरोनाको ५२ अंक छ। बार्सिलोना ४४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖