• Friday 9th of October 2026

इराकलाई रोक्दै जोर्डन एसियन कपको क्वार्टरफाइनलमा


  • धनकुटा खबर
  • .

काठमाडौँ — दोस्रो हाफको इन्ज्युरी समयको दुई गोलमा जोर्डनले इराकलाई ३–२ ले पराजित गर्दै सोमबार एसियन कपको क्वार्टरफाइनल यात्रा निश्चित गरेको छ । सुरुमा अग्रता लिएको जोर्डन खेलको अन्त्यतिर हारतर्फ अग्रसर देखिएको थियो ।

तर यल अल अरबले इन्ज्युरी समयको पाँचौँ मिनेटमा गोल गरे भने त्यसका दुई मिनेटपछि निजार अल रसदान आफ्नो टिमका लागि तेस्रो तथा निर्णायक गोल गरे । इराक अन्तिम १३ मिनेटमा दस खेलाडीमा सीमित रहेको थियो र जोर्डन यसको फाइदा लिन सफल रह्यो ।

यसअघि यान अल नामटको गोलले जोर्डनले पहिलो हाफको इन्ज्युरुी समयको पहिलो मिनेटमा अग्रता लिएको थियो । पूर्व विजेता इराकका लागि साद नाटिकले ६८ औं मिनेटमा पहिलो गोल गरे ।

आयमन हुसेनले ७६ औं मिनेटमा दोस्रो गोल थपे र इराक खेलमा अगाडि रह्यो । त्यस लगनै हुसेनलाई गोलको अत्याधिक खुसीयाली मनाएकोमा दोस्रो पहेँलो कार्ड देखाइयो र उनी मैदान छाड्न बाध्य रहे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖