• Saturday 28th of November 2026

बाथरुममा निसास्सिएर हेटौँडामा एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

हेटौँडा । मकवानपुरको हेटौँडामा ग्यास गिजरको कारण एक जनाको ज्यान गएको छ ।हेटौँडा उपमहानगरपालिका-९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण निसास्सिएर २५ वर्षका युवकको मृत्यु भएको हो ।

सोमबार दिउँसो १२ बजेको समयमा शौचालयमा शौच गर्न छिरेका २५ वर्षीय युनेश काफ्ले निकैबेर बाहिर ननिस्केपछि परिवारका सदस्यले ढोका फोडेर हेर्दा बेहोस पाइएका आफ्लेलाई उपचारको लागि सहकारी अस्पताल लगिएको थियो ।

अस्पतालमा पुर्‍याइएका काफ्लेलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाथरुममा खुल्ला रहेको ग्यास गिजरको कारण बेहोस भएर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖