• Friday 9th of October 2026

सन्दीपले आफ्नो ख्यातिको दुरुपयोग गरेको अदालतको ठहर


  • धनकुटा खबर
  • .

काठमाडौँ – जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो ख्यातिको दुरुपयोग गरेको ठहर गरेको छ।

सोमबार आएको फैसलाको पूर्णपाठमा जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेले आफ्नो ख्यातीको दुरुपयोग गरे यौन सम्बन्द राखेको ठहर गरेको पाइएको हो।

जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेले यौन सम्बन्ध राख्ने मनसायले होटल लगेको र कमजोर आर्थिक हैसियतको फाइदा उठाएर गौशाला-२६ लाई बलात्कार गरेको ठहर गरेको छ।

न्यायाधीश शिशिर ढकालको इजलासले पुस २५ गते सुनाएको फैसलाको पूर्णपाठमा कमजोर आर्थिक अवस्था भएकी गौशाला-२६ लाई सन्दीपले पटकपटक फोन सम्पर्क गरेको र आफ्नो ख्यातिको दुरूपयोग गर्दै बलात्कार गरेको उल्लेख गरिएको छ।

“पीडितको उमेर, निजको पारिवारिक तथा आर्थिक अवस्थासमेत र प्रतिवादीको शारीरिक तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तित्वसमेत हेर्दा यी दुईबीचमा समानता रहेको भन्ने देखिँदैन । पीडित आर्थिक अवस्थासमेतका कारणबाट निज सहज रूपमा दुरुपयोग हुने अवस्थाको देखिन्छिन् । …पीडितले जबर्जस्ती गरेको भनी भनेको अवस्था र पीडित तथा प्रतिवादीको असमान हैसियत रहेको देखिएको अवस्थामा भएको करणीको कार्यलाई मन्जुरीमा भएको भन्न मिल्ने देखिएन ।”,पूर्णपाठमा भनिएको छ।

न्यायाधीश ढकालले सन्दीप र पीडितबीचको सम्बन्ध मञ्जुरीमा नभएको भन्ने स्थापित गर्न सर्वोच्च अदालतले विभिन्न मुद्दामा शक्तिशाली पुरूष र कमजोर हैसियतका महिलाबीच हुने शारीरिक सम्बन्ध मञ्जुरीमा हुन नसक्ने भनेर गरेका व्याख्याहरूलाई आधार मानेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖