• Friday 9th of October 2026

साउदीलाई हराएर दक्षिण कोरिया अन्तिम आठमा


  • धनकुटा खबर
  • .

एएफसी एसियन कपमा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको खेलमा साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेर कोरिया अन्तिम आठमा पुगेको हो।

त्यसअघि निर्धारित र एक्स्ट्रा समयको खेल १-१ गोलको बराबरीमा सकियो।

४६ मिनेटमा अब्दुल्लाह रादिफले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए। तर कोरियाका चो गुइ सङले दोस्रो हाफको इन्जुरी समयको नवौं मिनेटमा बराबरी गोल फर्काउन सफल भए।

पेनाल्टी सुटआउटमा साउदीका लागि तेस्रो पेनाल्टी हानेका समी अल र चौथो पेनाल्टी हानेका घरिब असफल भएका थिए।

यता अर्को खेलमा थाइल्यान्डलाई २-१ ले हराएर उज्वेकिस्तान पनि अन्तिम आठमा पुगेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖