• Friday 9th of October 2026

नेपालविरुद्ध क्यानडाको १० ओभरमा कुनै विकेट नगुमाई ५६ रन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले १० ओभरमा कुनै पनि विकेट नगुमाई ५६ रन बनाएको छ । क्यानडाका ओपनर नवनित धालिवाल २८ र एरोन जोन्सन २३ रन बनाउँदै क्रिजमा छन् ।

क्यानडाविरुद्धको दोस्रो खेलबाट नेपाली यू-१९ टोलीका तिब्रगतिका बलर आकाश चन्दले सिनियर टोलीमा ‘डेब्यू’ गरेका छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला आयोजना हुन लागेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖