• Friday 9th of October 2026

कप्तान रोहितले लिए क्यानडाको तेस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले तेस्रो विकेट गुमाएको छ । क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका हुन् ।

उनले क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान परगत सिंहलाई ३८ रनको व्यक्तिगत स्कोरमा सोमपाल कामीद्वारा क्याच गराएका हुन् । परगतले पेभेलियन फर्किनुअघि ३८ बलमा ६ चौका हिर्काएका थिए ।

३१.२ ओभरमा परगत आउट हुँदा क्यानडाले एक सय ७९ रन बनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖