• Friday 9th of October 2026

उपाधि जित्न अस्ट्रेलियाले भारतलाई दियो २५४ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

आइसिसी यू-१९ विश्वकपको उपाधि जित्न अस्ट्रेलियाले भारतलाई २५४ रनको लक्ष्य दिएको छ।

दक्षिण अफ्रिकाको बेनोनीमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २५३ रन जोड्यो।

अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५ रनको योगदान गरे। उनले ६४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

ओपनर ह्यारी डिक्सनले ४२ रन र कप्तान ह्युज वेइबगेनले ४८ रन बनाए। यस्तै ओलिभर पिकले नटआउट ४६ रनको योगदान गरे।

बलिङमा भारतका राज लिम्बानीले ३ विकेट लिए भने नमन तिवारीले २ विकेट हात पारे।

अघिल्लो संस्करणको विजेता भारतले अहिलेसम्म पाँच उपाधि जितेको छ। अस्ट्रेलिया भने तीन पटक च्याम्पियन बनेको छ। अस्ट्रेलियाले सन् २०१० पछि उपाधि जित्न सकेको छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖